होस्टेल अनुगमनका लागि ५ वटा टोली परिचालन : मापदण्ड, गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ५ वटा टोली बनाएर होस्टेलहरुको अनुगमन सुरु गरेको छ । महानगरपालिकाभित्रका होस्टेलहरुमा करिब ४० हजार व्यक्तिहरुले सेवा लिइरहेको व्यवसायीहरुको तथ्याङ्क छ । यति धेरै व्यक्तिहरुले सेवा लिइरहेको स्थानमा मापदण्डको पालना, गुणस्तरीयताको अवस्था, सेवा र सुरक्षा सम्बन्धी व्यवस्था जाँच गरेर स्तरीयलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेलाई सुधारको मौका दिने र आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिनेलाई बन्द गर्ने लक्ष्यसहित अनुगमन थालिएको हो । शिक्षा अधिकृतहरुको संयोजकत्वमा गठन भएको अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट, योजना तथा अनुगमन एकाइका प्रतिनिधि सदस्य हुनुहुन्छ । यो टोलीमा राजस्व विभागका प्रतिनिधिलाई सामेल गराउन शिक्षा विभागलाई निर्देशन दिँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘एक ठाउँमा पटक पटक अनुगमनमा जानु नपरोस् । कुन कुन क्षेत्रका कुन कुन सूचक हेर्नु पर्ने हो । पूर्ण टोली बनाएर अनुगमन गर्नू । अवस्थाको निष्कर्ष निकालेर फर्किनू ।
