भन्सार यार्डमै एमआरपी स्टिकरको व्यवस्था व्यावहारिक छैन : नाडा
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलले आज भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग भेट गरेको छ । अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको स्टिकर टाँस्ने व्यवस्थाका व्यावहारिक चुनौतीहरूबारे विस्तृत छलफल गरेको छ।
