प्रभु बैंकद्वारा एचडीसीलाई साढे ७ लाख सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत हाेमेन डेभलपमेन्ट सेन्टर (HDC) लाई ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकले काभ्रेपलाञ्चोकको बनेपा–११, जनागालस्थित एचडीसीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
