नेप्सेका अध्यक्ष हेमन्त बस्याल दिए राजीनामा
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् । उनले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष राजीनामा बुझाएका हुन् । उनले मन्त्रालयमा पुगेर राजीनामा दिएका हुन् । उनी भदौ १९ गते नेप्सेमा अध्यक्ष नियुक्ती भएका थिए ।
