‘रेल सेवालाई व्यावसायिक बनाउन कार्गो सेवा विस्तार गर्नुपर्छ’
धनुषा । नेपाल रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले रेल सेवालाई दिगो र व्यावसायिक बनाउन मालवाहक (कार्गो) सेवा अनिर्वाय विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। आज जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा उनले मुलुकमा रेल्वे सेवा, वर्तमान अवस्था, भविष्यका सम्भावना र आवश्यक सुधारका उपायबारे प्रकाश पारे ।
