SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ १३ बैशाख २०८३ १२:०३ AM · 1 मिनेट पढाइ

८ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौँ महानगरपालिका 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेका छन् ।  ‘वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुनेछ ।’ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै भन्नुभयो, ‘सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउन काम भइरहेको छ ।’ वडा स्तरीय प्राथमिक उपचार तालिम अन्तर्गत कन्या माध्यमिक विद्यालयमा वडा १७ का स्थानीयका लागि सञ्चालित तालिमको समापन गर्दै उहाँले भन्नुभयो, ‘सिप सिकेको राम्रो । तर, सकेसम्म यो सिपको प्रयोग गर्नु नपर्ने अवस्था हुनु राम्रो हो । परि हालेका बेला कसैले पनि पछाडि हट्नु हुँदैन ।’  ‘रेडक्रसले आफूलाई होइन, अरुका लागि भन्ने सिकाउँछ ।’ उहाँले भन्नुभयो, ‘प्राथमिक उपचार पनि अरुको सेवा गर्छु भनेर सिक्ने सिप हो । यो आफूलाई कम र अरुलाई धेरै काम लाग्छ ।’ उहाँको भनाइ थियो ।  ‘महानगरपालिकाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन समुदाय स्तरीय स्वास्थ्य सचेतना, क्षमता विकाससहित प्रवर्धन केन्द्रहरुमा प्रयोगशालासहितका सुविधा थपिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं