SHARE
बासुरी खबर · सोमबार १२ साउन २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित चार सहसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित चार सहसचिवको सरुवा गरेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयमा जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । थापा गएको भदौ ३० गते सिन्धुपाल्चोक आएका थिए ।