SHARE
पर्दाफास · बुधबार ९ बैशाख २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २६४० चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व संकलन गरेको छ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरिँदा यस्तो उल्लेखनीय परिणाम देखिएको जनाएको छ ।