नयाँ वर्षमा डिशहोमका आकर्षक अफरः इन्टरनेट र टेलिभिजन सेवामा बोनस योजना सार्वजनिक
काठमाडौं। नयाँ वर्ष २०८३ को अवसर पारेर डिशहोमले आफ्नो इन्टरनेट सेवा र घरमै सिधै प्रसारण हुने टेलिभिजन सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकलाई थप सुविधा दिन बोनसमा आधारित योजना ल्याएको जनाएको छ। कम्पनीका अनुसार पछिल्लो समय सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारमा वृद्धि भएपछि मूल्य संरचनामा सामान्य समायोजन गरिएको छ।
