SHARE
ओएसनेपाल · शुक्रबार​ ९ साउन २०८२ ११:४० AM · 1 मिनेट पढाइ

क्यानडामा रोजगारी दिलाउने भन्दै ठगी गर्ने रविन आचार्य पक्राउ

काठमाडौं, साउन ९ – वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार, गोरखा स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–५ मा बसोबास गर्ने ३७ वर्षीय रविन आचार्यलाई साउन ९ गते काठमाडौं महानगरपालिका–२६, सामाखुशीबाट पक्राउ गरिएको हो।