एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन
चितवन । गत आर्थिक वर्षमा भन्दा चालु आवमा १ अर्ब ४७ करोड १८ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो । कार्यालयका अनुसार चैतसम्ममा १८ अर्ब पाँच करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
