SHARE
ओएसनेपाल · शुक्रबार​ ९ साउन २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

गृहमन्त्री लेखक र मन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

काठमाडौंँ । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच शुक्रबार कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ । विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो ।