SHARE
अर्थ संवाद · मङगलबार १ बैशाख २०८३ १२:०२ AM · 1 मिनेट पढाइ

बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल०को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु ९आरसीबी० विजयी भएको छ । आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो । आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए । आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए । २४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।