आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व
मोरङ । किरात आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व वैशाखे बिसु यस वर्ष पनि उर्लाबारी–९ इन्द्रेझोडामा परम्पराअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न भएको छ । परम्परा, संस्कार र सामुदायिक एकतालाई जोड्ने यो पर्व बहु दिनसम्म मनाइने विशेषता बोकेको छ । बिसु पर्वको सुरुवात भूमि पूजाबाट गरिन्छ ।
