मधेसको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव
पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारी आवश्यक रहेको बताएका छन् । पर्सास्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रममा मन्त्री यादवले तराई–मधेसका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जल सङ्कटको सामना गरिरहेका बताए ।
