SHARE
पर्दाफास · आइबार​ २९ चैत २०८२ ०३:३७ PM · 1 मिनेट पढाइ

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुरदेखि १८ तोला सुनसम्म

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग नगद तथा बैंक मौज्दातदेखि लिएर घरपालुवा जनावरसम्म रहेको विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री वादीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको छ। यस्तै, उनको नाममा एउटा स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल फोन रहेको उल्लेख गरिएको छ।