शिक्षामन्त्री सस्मित पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ बराबर रहेको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अचल सम्पत्तितर्फ, मन्त्री पोखरेलको नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ तोकिएको छ।
