SHARE
बासुरी खबर · शनिबार २८ चैत २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

इन्द्रावतीको शैक्षिक अवस्था मिश्रित : केही उत्कृष्ट, केही कमजोर

नवलपुर । इन्द्रावती गाउँपालिकाले आधारभूत तह (कक्षा ८) अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष समग्रमा ५७ दशमलव १९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ३ सय २७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १ सय ८७ जना उत्तीर्ण भएका छन् भने बाँकी विद्यार्थी अनुत्तीर्ण भएका छन्।