कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार राति भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेदेखि राति ( बजेसम्म भएको छलफलले सरकार फेरबदलको आशंका चिरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बताए। ‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ।
