SHARE
कर्पोरेट समाचार · बिहीबार २६ चैत २०८२ १२:०१ PM · 1 मिनेट पढाइ

सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो । भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यही चैत २२ गते सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार