पोर्चुगलमा क्रियाशील संघ–संस्थाले नेपाली कामदारको समस्या हल गर्न दूतावाससँग समन्वय गर्ने
काठमाडौं । पोर्चुगलमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूले समुदायको हितका लागि आपसी सहकार्य र संस्थागत सुदृढीकरण गर्ने निर्णय गरेका छन्। सुजन लामा मोकतानको अध्यक्षतामा बसेको बैठकले नेपाली समुदायका जल्दाबल्दो समस्या समाधान गर्न र साझा उद्देश्य प्राप्त गर्न संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको हो।
