SHARE
अर्थ संवाद · बिहीबार २६ चैत २०८२ १२:०० AM · 1 मिनेट पढाइ

जापानमा ‘स्याकाई होक्केन’ अनिवार्य: भिसा नवीकरणमा कडाइ, नियम नमाने जोखिम

  इन्दिरा खनाल  जापान सरकारले सामाजिक सुरक्षा प्रणालीअन्तर्गत पर्ने ‘स्याकाई होक्केन’ लाई अनिवार्य बनाएसँगै यहाँ बसोबास गर्ने नेपालीहरूका लागि भिसा नवीकरण तथा कानुनी प्रक्रियामा कडाइ बढाएको छ। नियम पालना नगरेको अवस्थामा भिसा नवीकरणमा समस्या आउन सक्ने भएकाले सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्। यसै सन्दर्भमा अर्घाखाँची समाज जापानले आइतबार एक अनलाइन सेमिनार आयोजना गरी स्याकाई होक्केन तथा भिसासम्बन्धी आवश्यक जानकारी प्रदान गरेको छ। सेमिनारमा सामाजिक बिमा तथा श्रम विज्ञ केइको ओनोले स्याकाई होक्केनमा आवद्ध हुनु व्यक्ती र परिवार दुवैका लागि सुरक्षित रहेको बताइन्।