२८ दिनको ‘एनटिसी प्याकेज’मा थपियो समय, अब ३० दिसम्म चलाउन पाइने
काठमाडौं । नेपाल टेलिकम (एनटिसी)ले आफ्नो प्रिपेड सेवाको २८ दिनको प्याकेजको समय बढाएर ३० दिन बनाएको छ । टेलिकमका अनुसार ‘कम्बो–२९९ प्याक’को समयावधि मङ्गलबार रातिदेखि बढाएर ३० दिनको बनाइएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मङ्गलबार नेपाल टेलिकमसँग छलफल गरेसँगै यो व्यवस्था लागु गरिएको हो ।
