प्रभु बैंकका ग्राहकलाई फिस टेल र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले पोखराको ‘फिस टेल लज’ र ‘अन्नपूर्ण जगतपुर लज’ मा विशेष छुट पाउने भएका छन्। बैंक र लज व्यवस्थापनबीच बुधबार एक समारोहमा सेवामा सहुलियत दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
