सिद्धार्थ क्यापिटल अब ‘आइएसओ’ प्रमाणित कम्पनी
काठमाडौं । नेपालको पूँजी बजारमा मर्चेन्ट बैंकिङ तथा फन्ड व्यवस्थापनमा अग्रणी भूमिका खेल्दै आएको सिद्धार्थ क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली सम्बन्धी आइएसओ ९००१ :२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। अष्ट्रेलिया तथा न्युजिल्यान्डको जोइन्ट एक्रेडिटेशन सिस्टमबाट मान्यता प्राप्त मुम्बईस्थित इन्टरनेशनल सर्टिफिकेशन सर्भिसेस प्रा।लि। ले कम्पनीलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो।
