अटोमोवाइल क्षेत्रको नीति परिमार्जनका लागि नाडाद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं। अटोमोवाइल्स एशोसिएशन अफ नेपालले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अटोमोवाइल क्षेत्र हाल शिथिल अवस्थामा रहेको भन्दै यसको संरक्षणका लागि नीतिगत सुधारको माग गरेको छ। बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी यस क्षेत्रका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो।
