SHARE
पर्दाफास · सोमबार २३ चैत २०८२ १२:२८ PM · 1 मिनेट पढाइ

फेवाताल जग्गाको अवस्था अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन

सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।