लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गरेको सवारी साधन चेकजाँचका क्रममा ६५ वटा सवारी जाँच गरिएको थियो ।
