लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेन्डामा जोड
काठमाडौं, २३ चैत ः प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा विस्तृत छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा भएको उक्त बैठक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो ।
