SHARE
बासुरी खबर · शुक्रबार​ २० चैत २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकमा जबरजस्ती करणी मुद्दामा मिलापत्र गर्न खोज्ने सात पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले जबरजस्ती करणीमा मुद्दामा मिलापत्र गराउन खोज्ने कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ। पीडित तथा उनका परिवारलाई मिलापत्र गराउने नाममा दबाब दिई आर्थिक लेनदेन गरेको आरोपमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।