अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्र गर्ने काम सुरु गरिएको छ । धुलिखेल चोकबाट एकतर्फी कालोपत्र सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । स्तरोन्नति भइरहेको उक्त चार किलोमिटर सडकमध्ये पहिलो चरणमा २ दशमलव ५ किमी कालोपत्र हुने भएको हो ।
