नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन् । आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा।नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
