आर्मीले सातदोबाटोलाई हरायो
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आर्मीको जितमा निरज अधिकारी, युगल भण्डारी र शोहित बाइबाले गोल गरे । मुक्सन राईले सातदोबाटोका लागि गोल गरे । खेलमा अग्रता भने सातदोबाटोले लिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
