गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई जिम्मेवारी बहन गर्न निर्देशन
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर कार्यालय, काठमाडौँको निरीक्षण गरेका छन । उनले आज प्रहरी कार्यालयको निरीक्षण गर्दै जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन । गुरुङलाई उच्चपदस्थ प्रहरी कर्मचारीले स्वागत गरेका थिए ।
