फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो
काठमाडौं । फोटोन मोटर्स नेपालले चैत्र १७ गते बिर्तामोडमा कस्टमर मिट कार्यक्रमको सफल आयोजना गरेको छ। यस कार्यक्रम मार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्य राखिएको थियो। कार्यक्रमले प्रत्यक्ष अन्तरक्रियाका लागि खुला प्लेटफर्म प्रदान गरेको थियो, जहाँ हालका तथा सम्भावित फोटोन प्रयोगकर्ताहरूले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू प्रस्तुत गरेका थिए।
