उद्योग वाणिज्य महासंघ बागमतीमा तीन जना निर्विरोध, बाँकीमा प्रतिस्पर्धा कायम
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचन प्रक्रिया अगाडि बढ्दै गर्दा केही पदहरूमा निर्विरोध चयन भएका छन् भने अन्य पदहरूमा प्रतिस्पर्धा कायमै रहेको छ । हालसम्म एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, वस्तुगततर्फ सदस्य पदमा ज्योतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ पनि बिना प्रतिस्पर्धा चयन भएका छन् ।
