SHARE
अर्थ संवाद · आइबार​ १५ चैत २०८२ १२:०० AM · 1 मिनेट पढाइ

बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

काठमाडौं । र्यापर, इञ्जिनियर र समाजसेवी बालेन्द्र शाह(बालेन) नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो । नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचका प्रतिनिधिका रुपमा लिइने गरिन्छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका कारण उनी आलोचित बनेका थिए । त्यसक्रममा उनलाई केही नेताहरुले ‘लुसिफर’को संज्ञासमेत दिएका थिए । र्यापर, इञ्जिनियर, सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता र युवाहरुको रोजाइमा परेका बालेनले काठमाडौं महानगरपालिका मेयर पद पूरा नगरी राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका थिए । काठमाडौंको भीडभाड, अव्यवस्था सडक र परम्परागत राजनीतिक प्रणालीका कारण निराश भएका नागरिकहरुलाई सुधारका लोकप्रिय कामहरु गरेर चर्चा कमाएका उनी मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा सार्वजनिक हुँदामात्र उनका बारेमा धेरैले चासो राखेका थिए ।  ०७९ सालको स्थानीय तह निर्वाचनमा शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेर काठमाडौं महानगरपालिकामा मेयरको रूपमा विजयी हुँदा प्रमुख एजेन्डाहरूमा भ्रष्टाचार विरोध, पारदर्शिता, पूर्वाधार सुधार, स्मार्ट सिटी योजना, सडक व्यवस्थापन र सार्वजनिक स्थानको सुन्दरता थिए । उनका अभियानहरूले युवाहरूमाझ ठूलो समर्थन पायो र उनलाई मेयर पदमा विजय हुन सहयोग पुर्याएको थियो । शाहको जन्म काठमाडौँमा मधेशी साहु तेलीको परिवारमा भएको थियो । उनी २०४७ बैशाख १४ मा जन्मिएका हुन् । बालेनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ ।