कोशीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने लक्ष्यसहित इटहरीमा छैठौं इस्टर्न ट्राभल मार्ट सुरु
इटहरी । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित सुरु भएको यो मार्ट तीन दिनसम्म सञ्चालन हुनेछ ।
