२५ करोडसम्मका उद्योग एकद्वार प्रणालीबाट दर्ता हुने
काठमाडौं । सरकारले उद्योग तथा व्यवसाय सञ्चालनलाई सरल, पारदर्शी र बिचौलियामुक्त बनाउने उद्देश्यसहित नयाँ व्यवस्था लागू गर्ने भएको छ। सार्वजनिक गरिएको कार्यसूचीअनुसार २५ करोड रुपैयाँसम्मका साना तथा मझौला उद्योगहरूको दर्ता प्रक्रिया अब एकीकृत रूपमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत मात्र गरिनेछ।
