मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटेका छन्। बिहीबार संघीय संसद् सचिवालयमा सांसदहरूको शपथ र रास्वपा पार्टी कार्यालयमा शाहलाई संसदीय नेता चयन गरेपछि दुई जना छलफलमा बसेका हुन्। उनीहरूबीच बुढानीलकण्ठस्थित रविको निवासमा छलफल भइरहेको स्रोतले बताएको छ।
