SHARE
पर्दाफास · बिहीबार १२ चैत २०८२ ०३:३४ PM · 1 मिनेट पढाइ

भेरिगङ्गामा अपांगता भएका व्यक्तिहरूलाई एनएमबि बैंकद्धारा सहायता सामाग्री वितरण

एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको ‘अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम’ अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरू वितरण गरिएको हो ।