सोलिडकोर ब्याट्री र ‘हाइब्रिड प्लस’ प्रविधिबाट एमजीका गाडी अझ शक्तिशाली र स्मार्ट बन्दै
काठमाडौं । एमजी माेर्टरले नयाँ प्रविधिसहितका विद्युतीय तथा हाइब्रिड सवारी साधन विकासलाई तीव्रता दिएको छ । कम्पनीले ‘हाइब्रिड प्लस’ प्रणाली र semi-solid-state ब्याट्रीमार्फत आफ्ना आगामी गाडीहरूलाई अझ छिटो, शान्त र ऊर्जा-दक्ष बनाउने तयारी गरिरहेको जनाएको छ । कम्पनीका अनुसार नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको Frankfurtस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ ।
