बढीरहेको शेयर बजारमा करेक्सन, १५ अर्ब माथिको कारोबार
काठमाडाैं । साताको बुधबार दिन आइपुग्दा शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक २४.४५ अंकले घटेर दुई हजार नौं सय ३५.९४ विन्दुमा आइपुगेको छ । यो दिन रिलायन्स स्पेनिङ मिल्स,सुपरखुदी हाइड्रो,सोलु हाइड्रोपावर,भुजुङ हाइड्रो,होटल फरेस्ट इनन लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
