नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सर्यो,अब कहिले हुन्छ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभाको मिति सारिएको छ । आज बिहीबार बसेको महासंघ कार्यकारिणी समितिको १५औँ बैठकले साधारण सभाको मिति सार्ने निर्णय गरेको हो । यो सँगै अब यही चैत २९ र ३० गते साधारण सभा आयोजना हुने भएको छ ।
