इला होटल एण्ड रिसोर्टको सीईओमा लक्ष्मण थापा नियुक्त
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापनको क्षेत्रमा दुई दशकभन्दा लामो कार्यानुभव रहेको छ ।
