नयाँ दिल्लीमा ‘नेपाली फुड फेस्टिभल’ सम्पन्न
नेपाली राजदूतावास, नयाँ दिल्लीद्वारा आयोजित ‘नेपाली फुड फेस्टिभल २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। नेपालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक कूटनीति सुदृढीकरण तथा आर्थिक कूटनीतिलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको समृद्ध पाक–परम्परा, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।
