SHARE
पर्दाफास · बुधबार ४ चैत २०८२ ०३:४० AM · 1 मिनेट पढाइ

कैलालीमा वन्यजन्तुका अंग गायब प्रकरण : प्रहरी निरीक्षक भण्डारीसहित १३ जना जिल्ला तानिए, कारबाही प्रक्रिया अघि बढ्यो

कैलालीमा वन्यजन्तुका अंग बरामद गरिएको घटनामा मुद्दा कमजोर बनाइएको आरोपमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा ती सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको स्रोतले जनाएको छ । उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।