ग्यासको हाहाकार बीच उपत्यकामा निगमले आजै पठायो ४५ हजार बढी सिलिण्डर
काठमाडौं । विगत केही समयदेखि बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव र उपभोक्ताको अनावश्यक सञ्चय गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल आयल निगमले आपूर्तिमा वृद्धि गरेको छ। निगमद्वारा जारी आजको तथ्याङ्क अनुसार काठमाडौं उपत्यका केन्द्रित २४ वटा बोट्लिङ प्लान्टहरूबाट कुल ४५ हजार ८८८ वटा सिलिण्डर बजारमा पठाइएको छ।
