SHARE
पर्दाफास · सोमबार २ चैत २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

खाडीका १० वटै दूतावासबाट नियमित सेवा प्रवाह, रोकिएको श्रम स्वीकृति खुलाउन छलफल सुरु

पश्चिम एशियामा सुरक्षा चुनौती थपिएको भएपनि त्यहाँ रहेका नेपालका १० वटै कूटनीतिक नियोग (दूतावास) हरूले आफ्नो नियमित सेवालाई निर्बाध रूपमा सञ्चालन गरिरहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले दूतावासहरू बन्द नभएको र नेपालीहरूले पाउने सेवा सुविधामा कुनै कटौती नभएको स्पष्ट पारेको हो ।