इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव सम्पन्न, शिक्षा क्षेत्रमा पहल गर्ने नवनिर्वाचित सांसद दुलालको प्रतिबद्धता
हेलम्बु । इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा पूर्वआधारभूत तहको दीक्षान्त समारोह, अभिभावक दिवस, विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले आफू जनताको सपना र विश्वास बोकेर जनताबीच आएको बताए।
